हाम्रो देशमा पनि महिलावादी संगठनहरुले महिला हिंसा रोक्न तथा महिलाको हकअधिकार स्थापना गर्न माग गर्दै विभिन्न खालका अभियान चलाउने गर्छन् । यद्यपि हामीकहाँ हुने त्यस्ता अभियानमा धेरैजसो औपचारिक कार्यक्रम गरिन्छन्, खासै रोचक कामहरु भेटिँदैनन् ।

प|mान्सको एक महिलावादी संगठनले भने महिलाअधिकारको पक्षमा आवाज उठाउन र सम्बन्धित पक्षको ध्यान खिच्न अनौठो तथा रोचक तरिका अपनाएको छ ।

ला बार्बे नामको उक्त संगठनका अभियानकर्मी महिलाहरुले विभिन्न सरकारी निकाय तथा चर्चित संघसस्थाका पुरुष अधिकारीहरु मात्र सहभागी उच्चस्तरीय बैठकमा गोप्य रुपले घुसपैठ गरी एकाएक नक्कली दाह्री लगाउने गरेका छन् ।

नक्कली दाह्री लगाएपछि उनीहरु मध्येकी एक महिलाले विज्ञप्ती पढ्छन् र व्यंग्यात्मक रुपमा पुरुषहरुको प्रभुत्वको लागि बैठकमा उपस्थित पुरुषहरुलाई बधाइ दिन्छिन् ।

प|mान्सेली भाषामा ला बार्बेको अर्थ ‘बस, अब अति भो’ भन्ने हुन्छ । पुरुषहरुले विभिन्न संस्था तथा निकायहरुमा वर्चस्व कायम गर्ने तथा महिलाहरुलाई नीति निर्माण तहमा पुग्न नदिने गरेकाले महिलाको पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आफुहरुले यस्तो अभियान संचालन गरेको ला बार्बे संगठनको दाबी छ ।